काठमाण्डौ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ।
एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझ्न थाल्नुभएको छ। यसै क्रममा कुमारी बैंक लिमिटेडले आफ्नोतर्फबाट ३ करोड रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालसहित बैंकका उच्च अधिकारीहरूले अर्थमन्त्री वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा खोज कार्यसँगै प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणका लागि कोषमार्फत प्राप्त सहयोग परिचालन गरिने जनाइएको छ।
कुमारी बैंकको सहयोगले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनर्स्थापनाका लागि आवश्यक स्रोत जुटाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।