बिहीबार, भाद्र ११,२०८३ 03:07:52
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 03:07:52
Bizshala
Global IME Bank Limited

नारायणी किनारमा भेटिए ६२ शव, कसैको पनि पहिचान खुलेन

भोटेकोशीको बाढीले बगाएर ल्याएको आशंका, शव अस्पतालमा राखेर पोखरा पठाउने तयारी

नारायणी किनारमा भेटिए ६२ शव, कसैको पनि पहिचान खुलेन
New Office

 

 

काठमाण्डौ ।  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको आशंका गरिएका ६२ वटा शव नवलपुरस्थित नारायणी नदी किनारबाट सङ्कलन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार बिहीबारसम्म फेला परेका शवमध्ये २६ पुरुष, १६ महिला, ३ बालक र ७ बालिका रहेका छन्। केही शवको लिङ्गसमेत यकिन हुन सकेको छैन।

प्रहरीका अनुसार फेला परेका कुनै पनि शवको हालसम्म पहिचान खुल्न सकेको छैन।

सङ्कलन गरिएका शवलाई तत्कालका लागि स्थानीय तहअन्तर्गतका अस्पतालमा राखिएको छ। आवश्यक प्रक्रिया पूरा गरी शवलाई थप व्यवस्थापन तथा पहिचानका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Bizshala
CG Motors

भोटेकोशीमा आएको बाढीले रसुवा हुँदै त्रिशूली र त्यसपछि नारायणी नदीसम्म व्यापक असर पारेको छ। नदीको तीव्र बहावसँगै बगेर आएका शवहरू नारायणी किनारका विभिन्न स्थानमा फेला पर्न थालेपछि प्रहरीले खोज तथा सङ्कलन कार्य तीव्र बनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले बिहानैदेखि विभिन्न टोली परिचालन गरी नदी किनार तथा सम्भावित क्षेत्रमा शव खोजी गरिरहेको जनाएको छ।

बाढीले रसुवा, नुवाकोट, धादिङलगायत त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने अझै धेरै व्यक्ति बेपत्ता रहेको आशंका गरिएको छ।

नारायणी नदीमा एकैपटक ठूलो संख्यामा शव भेटिनुले भोटेकोशी बाढीको मानवीय क्षति अझै गम्भीर हुनसक्ने संकेत गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.