बिहीबार, भाद्र ११,२०८३ 04:21:14
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 04:21:14
Bizshala
Global IME Bank Limited

नेपाल–बङ्गलादेश परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता, विपद्पछिको उद्धार र राहतबारे छलफल

नेपाल–बङ्गलादेश परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता, विपद्पछिको उद्धार र राहतबारे छलफल
New Office

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार वार्ताका क्रममा नेपालमा बुधबार आएको विपद्पछि जारी खोज, उद्धार तथा राहतकार्यका विषयमा दुई मन्त्रीबीच छलफल भएको थियो।

Bizshala
CG Motors

सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढीबाट प्रभावित नेपाललाई अत्यावश्यक सहयोग गर्ने प्रस्ताव गरेकामा बङ्गलादेश सरकारप्रति धन्यवाद व्यक्त गरे। उनले बाढीपीडितको उद्धार, राहत तथा सहयोगका लागि नेपालले बङ्गलादेशसँग निकट समन्वय कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।

रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेका बेला दुई देशका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता भएको हो। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.