काठमाण्डौ । पत्रकार आचारसंहिता अनुसार अब उप्रान्त बीभत्स दृश्य तथा तस्बिरहरूको सम्प्रेषणमा पूर्ण रोक लगाइएको छ। पत्रकारिताको मर्यादा र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै शव, क्षतविक्षत अङ्ग तथा रक्ताम्मे दृश्यहरू प्रसारण वा प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको हो।
यसैगरी, समाजमा अनावश्यक उत्तेजना, डर र निराशा पैदा गर्ने किसिमका कुनै पनि सामग्री सार्वजनिक गर्न पूर्ण रूपमा निषेध गरिएको छ। सञ्चारमाध्यमहरूले सर्वसाधारणमा त्रास नफैलिने गरी जिम्मेवारपूर्ण ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेछ।
पत्रकार आचारसंहिताको दफा ५(६) बमोजिम निर्धारण गरिएका यी नियमहरूको पालना नगरेमा त्यसलाई गम्भीर आचारसंहिता उल्लङ्घन मानिनेछ र नियमानुसार कारबाही प्रकृया अगाडि बढाइनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।