काठमाण्डौ । रसुवाको टिमुरे आसपास क्षेत्रमा आएको विशाल बाढीपछि एनएमबि बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत चार जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
बैंकले अत्यन्त जरुरी सूचना जारी गर्दै भदौ १० गते बिहान करिब ८:४५ बजे आएको बाढीपछि उनीहरूसँग हालसम्म सम्पर्क हुन नसकेको जनाएको छ।
सम्पर्कविहीन हुने कर्मचारीमा धर्म राज रिमाल, नवीन गौतम, सम्भव रावल र अर्जुन पण्डित रहेका छन्। चारै जना एनएमबि बैंकको टिमुरे शाखामा कार्यरत रहेको बैंकले जनाएको छ।
बैंकले उनीहरूमध्ये कसैलाई देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको भए यथाशीघ्र एनएमबि बैंकलाई जानकारी गराउन सर्वसाधारणसँग अपिल गरेको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। बाढीपछि विभिन्न क्षेत्रसँग सडक तथा सञ्चार सम्पर्कसमेत प्रभावित हुँदा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको अवस्था यकिन गर्न कठिन भइरहेको छ।
बैंकले आफ्ना सम्पर्कविहीन कर्मचारीको खोजीमा सहयोग पुर्याउन स्थानीय बासिन्दा, उद्धारमा खटिएका निकाय तथा सर्वसाधारणलाई विशेष आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।