Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 07:13:23
Bizshala
Global IME Bank Limited

तिलगंगा आँखा अस्पतालद्वारा बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा उपचारको तयारी

तिलगंगा आँखा अस्पतालद्वारा बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा उपचारको तयारी
New Office

काठमाण्डौ । हालैको प्राकृतिक विपदबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार आँखा स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउने तयारी गरेको छ।

अस्पतालले विपद्का कारण प्रभावित नागरिकमा आँखासम्बन्धी समस्या देखिन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य परीक्षण, उपचार तथा औषधि उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।

Bizshala
CG Motors

बाढी तथा डुबानका कारण प्रभावित क्षेत्रमा फोहोर पानी र अस्वच्छ वातावरणका कारण आँखामा संक्रमणलगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले समयमै परीक्षण तथा उपचार आवश्यक रहेको अस्पतालको भनाइ छ।

तिलगंगा आँखा अस्पतालले विपद् प्रभावित नागरिकलाई आवश्यकताअनुसार विशेषज्ञसहितको स्वास्थ्य टोली परिचालन गरी सेवा उपलब्ध गराउन सकिने जनाएको छ। अस्पतालले स्थानीय तह, स्वास्थ्य निकाय तथा अन्य सरोकारवाला संस्थासँग समन्वय गरी प्रभावित क्षेत्रमा सेवा विस्तार गर्ने तयारीसमेत गरेको छ।

अस्पतालले विपद्को समयमा नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग तथा उपचार सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.