Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 08:21:43
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीले ४० किलोमिटर सडक र ४१ पुल ध्वस्त, रसुवा जोड्न वेत्रावतीमा बेलिब्रिज राखिँदै

भोटेकोशी बाढीले ४० किलोमिटर सडक र ४१ पुल ध्वस्त, रसुवा जोड्न वेत्रावतीमा बेलिब्रिज राखिँदै
New Office

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवामा करिब ४० किलोमिटर सडक र ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।

पूर्वाधार विकास मन्त्रालयले बिहीबार प्रेस नोट जारी गर्दै वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ।

बाढीले पृथ्वी राजमार्गअन्तर्गतको करिब १३ किलोमिटर सडकखण्ड लेदोले पुरिएको छ। मन्त्रालयका अनुसार लेदो हटाएर राजमार्ग सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकता दिइएको छ।

Bizshala
CG Motors

बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग हाल ५० मिटरसम्म लम्बाइका सातवटा बेलिब्रिज उपलब्ध छन्। आवश्यकता र सम्भाव्यता पहिचान गरी ती बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

भारत र चीन सरकारले समेत आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

सरकारले पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। वेत्रावतीसम्म सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

क्षतिग्रस्त सडक खुलाउने काम तीव्र बनाउन सरकारका १० र निजी क्षेत्रका १० गरी कुल २० वटा उपकरण परिचालन गरिएका छन्। सडक तथा पुलको पुनर्निर्माणसँगै यातायात सेवा जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.