काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ४८९ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार मध्याह्नसम्म विभिन्न जिल्लाबाट ४८९ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४० र चितवनमा १८६ जनाको शव भेटिएको छ। त्यस्तै, गोरखामा ४४, तनहुँमा २९ तथा नवलपरासी पूर्वमा ११२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायबाट ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उद्धार तथा खोजी कार्यमा सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले समेत सहयोग गरिरहेका छन्। प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई तीव्रता दिइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।