Bizshala
  • शुक्रबार, भाद्र १२,२०८३ 11:53:26
Bizshala
Global IME Bank Limited

चीनबाट प्राप्त सूचनापछि मध्यरातमा आपतकालीन चेतावनी: मुग्लिनसम्मका तटीय क्षेत्रलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह

चीनबाट प्राप्त सूचनापछि मध्यरातमा आपतकालीन चेतावनी: मुग्लिनसम्मका तटीय क्षेत्रलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह
New Office

काठमाडौं। भोटेकोशी नदीमा पुनः बाढी बढेको सूचना प्राप्त भएपछि सरकारले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आपतकालीन चेतावनी जारी गरेको छ।

नेपाल बाढी सूचना केन्द्रले शुक्रबार राति १२ बजेर ४९ मिनेटमा सार्वजनिक गरेको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय रसुवाले चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको जानकारी प्राप्त गरेको हो।

Bizshala
CG Motors

बाढीको बहाव तल्लो तटीय क्षेत्रतर्फ बढ्न सक्ने भएकाले त्रिशूली नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। विशेषगरी रसुवाबाट नुवाकोट र धादिङ हुँदै मुग्लिनसम्मको नदी तटीय क्षेत्रलाई उच्च जोखिममा राखेर चेतावनी जारी गरिएको हो।

सम्बन्धित क्षेत्रका नागरिकलाई नदी किनार, डुबान हुन सक्ने भूभाग, कमजोर संरचना तथा जोखिमयुक्त बस्ती छाडेर सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ। अर्को आधिकारिक सूचना जारी नभएसम्म उच्च सतर्कता कायम राख्नसमेत सरकारले आग्रह गरेको छ।

भोटेकोशीमा आएको यसअघिको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। उद्धार तथा राहतको काम जारी रहेकै समयमा पुनः बाढी बढेको सूचना आएपछि जोखिमयुक्त क्षेत्रका नागरिकमा थप त्रास उत्पन्न भएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.