आईतवार, आश्विन ११,२०८३ 07:30:36
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 07:30:36
Bizshala
Global IME Bank Limited

बाढीले बगाएको बैंकको ‘सेफ’मा लुटको नजर, ९२ लाखसहित २९ जना समातिए

बाढीले बगाएको बैंकको ‘सेफ’मा लुटको नजर, ९२ लाखसहित २९ जना समातिए
New Office

काठमाडौं। विपत्तिले बगाएर ल्याएको सम्पत्तिसमेत लुट्ने प्रयास धादिङमा भएको छ। त्रिशूली नदीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोडेको आरोपमा २९ जना पक्राउ परेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाढीले बैंकको सेफ बगाएर धादिङ क्षेत्रमा पुर्‍याएको र केही व्यक्तिले त्यसलाई फोडेर रकम निकालेको सूचना सुरक्षा निकायसम्म पुगेपछि संयुक्त टोली परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले पनि घटनामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिइएको र नगद फेला परेको पुष्टि गरेका छन्।

‘सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ र केही नगदसमेत फेला परेको छ,’ दाहालले भनेका छन्, ‘घटनाको विस्तृत विवरण विज्ञप्तिमार्फत सार्वजनिक गर्छौँ।’

धादिङ क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले बैंकको सेफ फोडेर त्यसभित्रको पैसा बाँडिएको भन्दै सामाजिक सञ्जालमार्फत लगातार प्रश्न उठाउँदै आएकी थिइन्। त्यसपछि घटनाले व्यापक चर्चा पाएको थियो।

बरामद रकम कुन बैंकको सेफमा रहेको थियो, सेफ कहाँबाट बगेर आएको हो र त्यसमा सुरुमा कुल कति रकम थियो भन्ने विषयमा आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन। पक्राउ परेकाहरूको भूमिका तथा अरू व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.