Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 12:22:46
Bizshala
Global IME Bank Limited

नेपाल–चीन सीमामा बनेको कृत्रिम तालबाट पानी बग्न थाल्यो, जोखिम घटेको चिनियाँ अधिकारीको भनाइ

नेपाल–चीन सीमामा बनेको कृत्रिम तालबाट पानी बग्न थाल्यो, जोखिम घटेको चिनियाँ अधिकारीको भनाइ
New Office

काठमाण्डौ। नेपाल–चीन सीमाना नजिकै पहिरोका कारण नदी थुनिएर बनेको कृत्रिम ताल भरिएपछि पानी बाहिर बग्न थालेको चिनियाँ अधिकारीहरूले बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत अधिकारीहरूले हालको अवस्था नियन्त्रणमा रहेको र ताल फुट्ने जोखिम तुलनात्मक रूपमा कम रहेको जानकारी दिएका हुन्।

चीन सरकार नियन्त्रित सञ्चारमाध्यम सीसीटीभीमार्फत प्रसारित तिब्बत क्षेत्रीय सरकारको पत्रकार सम्मेलनमा अधिकारीहरूले कृत्रिम तालमा पानीको निकास सुरु भइसकेको र समग्र अवस्था स्थिर रहेको बताएका छन्। उनीहरूका अनुसार ताल पूर्ण रूपमा भत्किने सम्भावना अहिले निकै न्यून छ।

चिनियाँ प्रारम्भिक अध्ययनअनुसार लाङटाङ लिरुङ हिमशृंखला नजिकैको हिमनदीको ठूलो भाग भत्किएर नदीमा खसेपछि विशाल हिमपहिरो तथा पहिरो गएको थियो। त्यसपछि नदीको बहाव अवरुद्ध भई कृत्रिम ताल बनेको हो।

Bizshala
CG Motors

चिनियाँ प्राविधिक अध्ययनले हिउँ, चट्टान र पानी मिसिएको भीषण लेदो नदीको बहावसँगै तलतर्फ बग्दै केरुङ नाकासम्म पुग्न करिब ६ देखि ७ मिनेट मात्रै लागेको देखाएको छ।

यति छोटो समयमा ठूलो बाढीको बहाव सीमा क्षेत्रमा आइपुगेकाले त्यहाँ रहेका स्थानीय बासिन्दा तथा तीर्थयात्रीलाई सुरक्षित स्थानमा पुग्न पर्याप्त समय नपाएको बताइएको छ।

कृत्रिम तालबाट पानी क्रमशः बाहिर निस्कन थालेपछि तल्लो तटीय क्षेत्रमा एकैपटक ठूलो बाढी आउने जोखिम केही हदसम्म कम भएको चिनियाँ अधिकारीहरूको भनाइ छ।

यद्यपि, नेपालतर्फ भने भोटेकोशी तथा त्रिशूली नदी किनारका क्षेत्रमा अझै उच्च सतर्कता आवश्यक रहेको छ। नदीको जलसतह तथा बहावमा हुन सक्ने परिवर्तनलाई निरन्तर निगरानी गर्नुपर्ने र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.