काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वैकुण्ठ अर्याल निर्वाचित भएका छन्।
बैंक सञ्चालक समितिको आइतबार बसेको ५०६औँ बैठकले तत्कालीन अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त अध्यक्ष पदमा संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रतिनिधि सञ्चालक वैकुण्ठ अर्याललाई सर्वसम्मत निर्वाचित गरेको हो।
बैंकका अनुसार श्रेष्ठको राजीनामा २०८३ भदौ १४ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो। त्यसपछि रिक्त भएको अध्यक्ष पदमा सोही मितिदेखि लागू हुने गरी अर्याललाई अध्यक्षमा निर्वाचित गरिएको बैंकले जनाएको छ।
अर्याल बैंकको संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा रहेका थिए। सञ्चालक समितिको निर्णयसँगै उनले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।