आईतवार, कार्तिक ८,२०८३ 03:45:49
  • आईतवार, कार्तिक ८,२०८३ 03:45:49
Global IME Bank Limited

रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ जनाको खोजीमा उद्धार टोली परिचालन

Bizshala
रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ जनाको खोजीमा उद्धार टोली परिचालन
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनास्थलबाट सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ।

गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएका हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली आयोजनास्थलमा परिचालन गरिएको छ। टोलीले हवाई रेकीसहित सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि आवश्यक कार्य गरिरहेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी र दुई जना ज्यालादारी कर्मचारी छन्।

त्यस्तै, आयोजनाको निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सीडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना कर्मचारी समेत सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।

बाढी आएका बेला आयोजनाको भूमिगत डिसेन्डरमा छ जना फसेका थिए। तीमध्ये चार जना दुई दिनको प्रयासपछि आफैँ बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।

आयोजनास्थलमा अझै सम्पर्कविहीन रहेका व्यक्तिको अवस्था यकिन हुन नसकेपछि खोज तथा उद्धार अभियानलाई तीव्र पारिएको छ। प्राविधिक तथा विज्ञ टोलीले हवाई निरीक्षणसँगै सम्भावित स्थानमा खोजी गरिरहेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.