Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 01:03:39
Bizshala
Global IME Bank Limited

बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासंघले निःशुल्क बससेवा सञ्चालन गर्ने

बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासंघले निःशुल्क बससेवा सञ्चालन गर्ने
New Office

काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महामहासंघले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको छ।

महासंघले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा राहत सामग्री ढुवानीका लागि निःशुल्क बससेवा उपलब्ध गराउन थालेको जनाएको छ।

Bizshala
CG Motors

उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपर्ने अवस्थामा महामहासंघसँग समन्वय गर्न आग्रह गरिएको छ।

महासंघले आवश्यकताअनुसार बस तथा अन्य सवारीसाधनको व्यवस्थापनका लागि सुवन गिरी(९८५१०८१३८२), श्री श्रेष्ठ(९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना (९८४१७७५७५३) लाई सम्पर्क गर्न अनुरोध गरेको छ।

महासंघले विपद्का बेला यातायात क्षेत्रबाट आवश्यक सहयोग उपलब्ध गराउँदै प्रभावित नागरिकको उद्धार तथा राहत वितरणमा सहजीकरण गर्ने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.