Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 03:53:47
Bizshala
Global IME Bank Limited

चिनिन नसकेका शवको पहिचानमा भारतको साथ, डीएनए परीक्षणका लागि फरेन्सिक टोली नेपालमा

चिनिन नसकेका शवको पहिचानमा भारतको  साथ, डीएनए परीक्षणका लागि फरेन्सिक टोली नेपालमा
New Office

 

काठमाण्डौ । रसुवाको विनाशकारी बाढीमा ज्यान गुमाएकामध्ये पहिचान हुन नसकेका शवको डीएनए परीक्षण तथा वैज्ञानिक पहिचान प्रक्रियामा सहयोग गर्न भारतीय फरेन्सिक विज्ञ टोली नेपाल आइपुगेको छ।

भारतबाट आएको टोलीले आइतबार नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर नेपाली फरेन्सिक विज्ञ तथा सम्बन्धित अधिकारीसँग छलफल गरेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय टोलीले विशेषगरी बाढीमा मृत्यु भएकाहरूको डीएनए नमुना विश्लेषण, शव पहिचान तथा फरेन्सिक प्रक्रियामा प्राविधिक सहयोग गर्नेछ।

Bizshala
CG Motors

भोटेकोशी बाढीपछि ठूलो संख्यामा शव फेला परे पनि धेरैको पहिचान हुन नसकेको अवस्थामा वैज्ञानिक विधिबाट पहिचान प्रक्रिया तीव्र बनाउन भारतीय टोलीको सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

पहिचान हुन नसकेका शवको डीएनए नमुना संकलन, परीक्षण तथा आफन्तबाट प्राप्त नमुनासँग मिलान गरेर वास्तविक पहिचान गर्ने प्रक्रिया अघि बढाइनेछ।

राजदूत श्रीवास्तवले नेपालमा जारी खोज, उद्धार, राहत तथा विपद् व्यवस्थापनका प्रयासमा भारतको सहयोग निरन्तर रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

रसुवा बाढीपछि शव पहिचानको काम चुनौतीपूर्ण बनेको बेला विदेशी फरेन्सिक विज्ञको सहयोगले पीडित परिवारसम्म प्रमाणित पहिचानका आधारमा शव हस्तान्तरण गर्ने प्रक्रियालाई थप व्यवस्थित र तीव्र बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.