मंगलवार, आश्विन ६,२०८३ 11:59:34
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 11:59:34
Bizshala
Global IME Bank Limited

बाढीबाट प्रभावित जलविद्युत कम्पनीको सेयर कारोबारमा विशेष निगरानी राख्न सेबोनको निर्देशन

बाढीबाट प्रभावित जलविद्युत कम्पनीको सेयर कारोबारमा विशेष निगरानी राख्न सेबोनको निर्देशन
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हालैको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

विशेषगरी त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा बाढीका कारण क्षति पुगेपछि बोर्डले लगानीकर्ताको हित संरक्षण, बजार पारदर्शिता तथा धितोपत्र कारोबारलाई व्यवस्थित गर्न यस्तो निर्देशन दिएको हो।

बोर्डले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तत्काल तयार गरी उपलब्ध गराउन सम्बन्धित निकायलाई भनेको छ। प्रभावित कम्पनीबाट आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको असरसम्बन्धी विवरण संकलन गरी कम्पनीको आधिकारिक माध्यम तथा सूचना प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बोर्डका अनुसार प्रभावित कम्पनीले आयोजनाको नाम र स्थान, विपद् आएको मिति तथा प्रकृति, प्रारम्भिक भौतिक क्षति, विद्युत् उत्पादनमा परेको प्रभाव र उत्पादन क्षमता प्रभावित भएको परिमाणबारे जानकारी सार्वजनिक गर्नुपर्नेछ। त्यस्तै, मानवीय क्षति तथा प्रसारण र वितरण पूर्वाधारमा परेको असरसम्बन्धी विवरण पनि खुलाउनुपर्नेछ।

यसैगरी, आयोजना बीमित भए वा नभएको अवस्था, बीमा कम्पनीमा दाबी गरिएको वा नगरिएको विवरण, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनःसञ्चालन हुन सक्ने अनुमानित समय, बैंक ऋण तथा ऋण तिर्ने क्षमतामा पर्न सक्ने सम्भावित असर र कम्पनी व्यवस्थापनले तत्काल चालेका कदमसमेत सार्वजनिक गर्नुपर्ने बोर्डले जनाएको छ।

बोर्डले प्रभावित कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्दै अस्वाभाविक मूल्य परिवर्तन, असामान्य कारोबार परिमाण, अस्वाभाविक खरिद–बिक्री आदेश तथा महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि भएका असामान्य कारोबारमाथि निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ।

बजारको निष्पक्षता र पारदर्शितामा असर पार्न सक्ने अन्य गतिविधिमाथि समेत निगरानी बढाउन बोर्डले सम्बन्धित निकायलाई भनेको छ। प्राकृतिक विपद्, दुर्घटना, आगलागी, भूकम्प तथा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन असरलाई ध्यानमा राख्दै सूचना प्रवाह, कारोबार रोक्का तथा पुनःसञ्चालनसम्बन्धी कार्यविधि तयार गर्नसमेत निर्देशन दिइएको छ।

बोर्डले यस विषयमा भइरहेको कार्यप्रगति तथा धितोपत्र बजारमा देखिएका असामान्य गतिविधिसम्बन्धी विवरण नियमित रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.