सोमबार, आश्विन १२,२०८३ 04:25:11
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 04:25:11
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपीडितका लागि कन्टिनेन्टल ट्रेडिङको २५ लाख रुपैयाँ सहयोग

Bizshala
भोटेकोशी बाढीपीडितका लागि कन्टिनेन्टल ट्रेडिङको २५ लाख रुपैयाँ सहयोग
New Office

 

 काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका अध्यक्ष सुहृद घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिती घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवासहित नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण घर, सम्पत्ति तथा भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ भने प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनर्स्थापनाको आवश्यकता देखिएको छ।

यही अवस्थालाई ध्यानमा राख्दै पीडित नागरिकको दुःखमा साथ दिन तथा सरकारको राहत र उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चेक हस्तान्तरणका क्रममा कम्पनीका प्रतिनिधिहरूले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

कम्पनीले प्राकृतिक विपद्का बेला प्रभावित परिवारको दुःखमा साथ दिनु र राहत तथा उद्धार कार्यमा योगदान गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसमेत भएको उल्लेख गरेको छ।

“विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय तथा सामाजिक दायित्व हो। राज्य र समाजलाई आवश्यक परेको समयमा निजी क्षेत्रले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ,” कम्पनीका प्रतिनिधिले बताएका छन्।

कन्टिनेन्टल ट्रेडिङले आफ्नो सहयोगले विपद् प्रभावित परिवारको राहत तथा उद्धारमा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकता र क्षमताअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.