मंगलवार, आश्विन २७,२०८३ 11:01:54
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 11:01:54
Bizshala
Global IME Bank Limited

इन्फिनिटी लघुवित्तद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

Bizshala
इन्फिनिटी लघुवित्तद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ।

संस्थाले बाढी तथा प्राकृतिक विपद्का कारण अमूल्य जीवन गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

प्राकृतिक विपद्का कारण सम्पर्कविहीन तथा प्रभावित भएका सर्वसाधारणका साथै बैंक तथा वित्तीय संस्थालगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र उनीहरूका परिवारले भोग्नुपरेको पीडा तथा कठिनाइप्रति पनि संस्थाले सहानुभूति प्रकट गरेको छ।

विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकारबाट राहत तथा सहयोगका लागि आह्वान भइरहेका बेला इन्फिनिटी लघुवित्तले संस्थाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.७ लाख १७ हजार ३४८ सहयोग प्रदान गरेको जनाएको छ।

संस्थाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X