मंगलवार, भाद्र १६,२०८३ 07:27:45
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 07:27:45
Bizshala
Global IME Bank Limited

बाढीपीडितका नाममा ठगी बढेपछि सरकारले खोल्यो आधिकारिक डिजिटल पोर्टल

बाढीपीडितका नाममा ठगी बढेपछि सरकारले खोल्यो आधिकारिक डिजिटल पोर्टल
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बाढीपीडितका नाममा रकम संकलन गर्ने बहानामा ठगीका घटना बढ्न थालेपछि सरकारले राहत रकम जम्मा गर्न आधिकारिक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ।

केही व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड सार्वजनिक गर्ने तथा व्यक्तिगत बैंक खातामा रकम पठाउन आग्रह गर्दै सर्वसाधारणलाई भ्रममा पारिरहेको पाइएपछि सरकारले सुरक्षित माध्यमबाट सहयोग रकम जम्मा गर्ने व्यवस्था मिलाएको हो।

सरकारले राहत कोषमा सहयोग गर्नका लागि donate.gov.np नामक आधिकारिक वेब पोर्टल सञ्चालनमा ल्याएको छ। यसमार्फत स्वदेश तथा विदेशमा रहेका व्यक्ति तथा संस्थाले सरकारको राहत कोषमा सोझै रकम जम्मा गर्न सक्नेछन्।

यसअघि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न दर्जनभन्दा बढी बैंक खाताको विवरण सार्वजनिक गरिसकेको थियो। ती खाताको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा समेत उपलब्ध गराइएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

तर बाढीपीडितका नाममा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट नक्कली क्यूआर कोड र व्यक्तिगत बैंक खाताहरू प्रयोग गरी रकम उठाउने गतिविधि देखिएपछि सरकारले सहयोगकर्तालाई आधिकारिक माध्यम प्रयोग गर्न आग्रह गरेको छ।

सरकारी राहत कोषमा सोझै रकम पुग्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले तयार पारेको डिजिटल भुक्तानी प्लेटफर्मलाई अहिले donate.gov.np मार्फत उपलब्ध गराइएको हो।

आधिकारिक पोर्टलमार्फत सहयोग रकम जम्मा गर्दा प्रयोगकर्ताले विभिन्न डिजिटल भुक्तानी प्रणाली रोज्न सक्नेछन्। पोर्टलमा डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, अलिपे प्लस, यूपीआई र युनियनपे लगायतका माध्यमबाट रकम पठाउन सकिने व्यवस्था गरिएको छ।

यस व्यवस्थाले राहतका नाममा हुने अनधिकृत रकम संकलनलाई निरुत्साहित गर्नुका साथै सहयोगकर्ताले आफ्नो रकम सोझै सरकारी राहत कोषमा पुगेको सुनिश्चित गर्न सक्ने अपेक्षा गरिएको छ।

सरकारले बाढीपीडितका लागि सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई सामाजिक सञ्जाल वा व्यक्तिगत रूपमा पठाइएका क्यूआर कोड तथा बैंक खाताको भर नपरी सरकारी आधिकारिक माध्यमबाट मात्र रकम पठाउन आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.