बुधबार, भाद्र १७,२०८३ 06:16:24
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 06:16:24
Bizshala
Global IME Bank Limited

बाढीपीडितको उद्धारमा गजेन्द्रमोक्ष संस्कृत परिषदद्वारा १ लाख ५ हजार सहयोग

बाढीपीडितको उद्धारमा गजेन्द्रमोक्ष संस्कृत परिषदद्वारा १ लाख ५ हजार सहयोग
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष संस्कृत परिषद्ले १ लाख ५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

अनन्त विभूषित कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संरक्षकत्वमा रहेको परिषद्ले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

विपद्को समयमा परिषद्ले गरेको सहयोगले धार्मिक तथा आध्यात्मिक संस्थाहरूले धार्मिक गतिविधिसँगै मानवीय सेवा, विपद् व्यवस्थापन र सामाजिक उत्तरदायित्वमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

परिषद्का अनुसार बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यले अघि बढाएको अभियानप्रति संस्थागत ऐक्यबद्धता जनाउँदै सहयोग रकम प्रदान गरिएको हो। परिषद्का स्वामी वासुदेव प्रपन्नाचार्यले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए।

परिषद्का अध्यक्ष सुदर्शन प्रपन्नाचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस दैविक प्रकोपको चपेटामा परेका नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा राज्यलाई सहयोग गर्नु हामी सबै देशवासीको परम कर्तव्य हो।”

राष्ट्रिय संकटको यस विषम परिस्थितिमा सरकारको आलोचना र टिकाटिप्पणीभन्दा माथि उठेर राष्ट्रिय एकता, समन्वय र सहकार्यका माध्यमबाट मानवीय संवेदनाको रक्षा गर्न परिषद्ले सबै पक्षलाई आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.