बुधबार, भाद्र १७,२०८३ 06:33:52
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 06:33:53
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्रीले संसदमा गलत तथ्य प्रस्तुत गरे : प्रचण्ड

प्रधानमन्त्रीले संसदमा गलत तथ्य प्रस्तुत गरे : प्रचण्ड
New Office

 

काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद् व्यवस्थापन र उद्धार कार्यमा सरकार प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्।

बुधबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले भोटेकोशी–त्रिशूली बाढीपछिको उद्धार कार्य अपेक्षित रूपमा अघि बढ्न नसकेको बताएका हुन्।

उनका अनुसार विपद्को सुरुवाती चरणमा सरकारले केही तत्परता देखाए पनि त्यसपछि उद्धार तथा व्यवस्थापनको गति कमजोर हुँदै गएको छ।

‘मैले संसदको रोस्टमबाटै पनि भनिसकेको छु, उद्धार कार्यमा सरकार सफल छैन,’ दाहालले भने, ‘शुरुमा केही तत्परता देखिए पनि पछि यो फितलो हुँदै गयो। समग्रमा उद्धार कार्य मूलभूत रूपमा सफल हुन सकेन।’

दाहालले प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार संसदमा प्रस्तुत गरेका केही तथ्यसमेत गलत र भ्रामक रहेको दाबी गरे।

विशेषगरी उद्धारमा प्रयोग भएका उपकरण, प्राविधिक क्षमताको अवस्था र सुरुङभित्रको वास्तविक परिस्थितिबारे प्रधानमन्त्रीबाट सही जानकारी नआएको उनको आरोप छ।

उनले यही विषयलाई लिएर प्रतिनिधिसभामा समेत बहस भएको उल्लेख गरे।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

दाहालले विपद्को समयमा प्रधानमन्त्रीले सबै राजनीतिक दल, सुरक्षा निकाय, प्राविधिक पक्ष र सरोकारवालालाई समेटेर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

तर वर्तमान सरकारबाट त्यस्तो नेतृत्वदायी र समन्वयकारी भूमिका पर्याप्त रूपमा नदेखिएको उनको टिप्पणी छ।

‘प्रधानमन्त्री सबैको साझा अभिभावक हुनुपर्छ र सबै पक्षबीच सहकार्य तथा सहमतिको वातावरण निर्माण गर्ने मुख्य जिम्मेवारी उहाँकै हुन्छ,’ उनले भने, ‘तर वर्तमान प्रधानमन्त्रीको कार्यशैलीमा त्यस्तो समन्वयकारी भूमिका देखिएन।’

दाहालले सरकारको कमजोरीका कारण विपद् प्रभावित नागरिकले थप सास्ती खेप्नुपरेकोसमेत आरोप लगाए।

भोटेकोशी बाढीपछिको खोज, उद्धार र सुरुङमा फसेकाहरूको अवस्थाबारे सरकारमाथि प्रश्न उठिरहेका बेला प्रमुख राजनीतिक नेताहरूबाट समेत सरकारी कार्यशैलीमाथि आलोचना बढ्न थालेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.