सोमबार, कार्तिक ९,२०८३ 02:12:36
  • सोमबार, कार्तिक ९,२०८३ 02:12:36
Global IME Bank Limited

रसुवा बाढीपछि रोकिएका कैलाश–मानसरोवरका २५ सय यात्रु नेपाल फर्किए

Bizshala
रसुवा बाढीपछि रोकिएका कैलाश–मानसरोवरका २५ सय यात्रु नेपाल फर्किए
New Office

 

काठमाण्डौ । रसुवा बाढीका कारण चीनको कैलाश–मानसरोवर क्षेत्रमा रोकिएका करिब ३ हजार यात्रुमध्ये २ हजार ५ सय जना नेपाल फर्किएका छन्।

परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कैलाश–मानसरोवर जाने तथा फर्किने क्रममा रहेका अधिकांश तीर्थयात्री हिल्सा र तातोपानी नाका हुँदै नेपाल फर्किएका हुन्।

उनका अनुसार विपद्का बेला त्यस क्षेत्रमा करिब ३ हजार नेपाली तथा विदेशी यात्रु रहेको अनुमान गरिएको थियो। तीमध्ये करिब २ हजार ५ सय जना सुरक्षित रूपमा नेपाल फर्किसकेका छन्।

बाँकी यात्रुलाई पनि नेपाल फर्काउन आवश्यक समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

केही यात्रु भने ल्हासाबाट हवाई मार्ग हुँदै नेपाल फर्किने तयारीमा रहेको प्रवक्ता पौडेल क्षेत्रीले जानकारी दिए।

मन्त्रालयका अनुसार चीन सरकारले अन्य नेपाल–चीन सीमा नाकाबाट समेत नेपाली तथा विदेशी नागरिकलाई फर्काउन सहजीकरण गरिरहेको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका तथा आसपासका सडक सम्पर्क प्रभावित हुँदा कैलाश–मानसरोवर यात्रामा रहेका ठूलो संख्याका यात्रु चीनतर्फ रोकिएका थिए।

बाढीपछि सीमा आवागमन प्रभावित भए पनि हिल्सा, तातोपानी तथा अन्य वैकल्पिक नाकाबाट यात्रु फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको हो।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.