बिहीबार, भाद्र १८,२०८३ 01:10:19
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 01:10:19
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपीडितका लागि बीएलसी ग्लोबल होल्डिङ्सको ३ करोड ३६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि बीएलसी ग्लोबल होल्डिङ्सको ३ करोड ३६ लाख सहयोग
New Office

 

काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन्।

होल्डिङ्सअन्तर्गतका नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक, नेपाल डिस्टिलरीजलगायत संस्थाहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उपलब्ध गराइएको हो।

बुधबार बीएलसी ग्लोबल होल्डिङ्सकी सह–अध्यक्ष तथा नर्भिक इन्टरनेशनल हस्पिटलकी निर्देशक मेघा चौधरी, नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरण गर्दै चौधरीले भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरिरहेको राहत, पुनर्स्थापना र पुनर्निर्माणका काममा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको बताइन्।

‘यो सहयोग रकम आफैंमा धेरै ठूलो नभए पनि बाढी प्रभावित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास लिएका छौं,’ उनले भनिन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

उनले राष्ट्रिय विपत्तिको वर्तमान अवस्थामा बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरू सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन्। उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सरकारी निकाय, सुरक्षा संयन्त्र, संघसंस्था र व्यक्तिप्रति उनले सम्मानसमेत व्यक्त गरिन्।

बीएलसी ग्लोबल होल्डिङ्सले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

होल्डिङ्सका संस्थापक बसन्त चौधरीले यसअघि नै भोटेकोशी बाढी प्रभावितको उद्धार तथा पुनर्स्थापनाका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। सोही घोषणालाई थप विस्तार गर्दै समूहअन्तर्गतका संस्थाहरूबाट कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सरकारलाई हस्तान्तरण गरिएको हो।

भोटेकोशी बाढीपछि निजी क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने क्रम बढिरहेको बेला बीएलसी ग्लोबल होल्डिङ्सले पनि उल्लेख्य रकमसहित राहत तथा पुनर्निर्माण अभियानमा हातेमालो गरेको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.