बिहीबार, भाद्र १८,२०८३ 03:36:31
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 03:36:31
Bizshala
Global IME Bank Limited

तिलगंगा आँखा प्रतिष्ठानद्वारा विपद् उद्धार कोषमा रु. १ करोड ३१ लाख सहयोग

तिलगंगा आँखा प्रतिष्ठानद्वारा विपद् उद्धार कोषमा रु. १ करोड ३१ लाख सहयोग
New Office

काठमाण्डौ । भोटेकोशी तथा अन्य क्षेत्रमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र यसको अन्तर्राष्ट्रिय साझेदार संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ३१ लाखभन्दा बढी सहयोग गरेका छन्।

नेपाल सरकार, अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट रु। १ करोड १ लाख १ रुपैयाँ तथा प्रतिष्ठानका सम्पूर्ण कर्मचारीको एक दिन बराबरको पारिश्रमिकस्वरूप रु. ८ लाख ५१ हजार ३५१ रुपैयाँ कोषमा जम्मा गरिएको हो।

त्यसैगरी, प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाको तर्फबाट रु. २१ लाख ८१ हजार २ सय रुपैयाँ समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यसरी प्रतिष्ठान, प्रतिष्ठानका कर्मचारी र अन्तर्राष्ट्रिय साझेदार संस्थाबाट गरी कुल रु. १ करोड ३१ लाख ३२ हजार ५५२ रुपैयाँ सहयोग गरिएको छ।

सहयोग रकमको चेक तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहालले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।

प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले विपद्को यस कठिन घडीमा सबै नेपालीलाई एकअर्काको दुःख–सुखमा साथ दिँदै एकजुट हुन तथा विपद् प्रभावित समुदायको पुनःस्थापनाका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिलसमेत गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.