बिहीबार, आश्विन १५,२०८३ 04:30:18
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 04:30:18
Bizshala
Global IME Bank Limited

कम्पनी नै दर्ता नगरी १८ वर्षदेखि चकलेट उत्पादन, सूर्य कन्फेस्नरीमा प्रहरीको ताला

Bizshala
कम्पनी नै दर्ता नगरी १८ वर्षदेखि चकलेट उत्पादन, सूर्य कन्फेस्नरीमा प्रहरीको ताला
New Office

काठमाण्डौ । कम्पनी दर्ता नै नगरी विगत १८ वर्षदेखि चकलेट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको आरोपमा काठमाण्डौको एक चकलेट उत्पादन केन्द्रमा प्रहरीले ताला लगाएको छ।

राष्ट्रिय अनुसन्धान विभागबाट प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काडमाण्डौले उक्त उत्पादन केन्द्रमा अनुगमन गरी कारबाही अघि बढाएको हो। प्रहरीले ‘सूर्य कन्फेस्नरी’ नामको लेबल प्रयोग गरेर चकलेट उत्पादन तथा बजारमा पठाउने गरिएको पाइएको जनाएको छ।

उक्त नाममा कम्पनी दर्ता नभएको र लामो समयदेखि उत्पादन भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गत ९ भदौमा उत्पादन केन्द्रमा ताला लगाएर थप कारबाहीका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई जिम्मा लगाइएको अधिकारीहरूले बताएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अधिकारीहरूका अनुसार उक्त स्थानबाट २०६६ सालदेखि चकलेट उत्पादन गरी बजारमा पठाउने गरिएको थियो।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनी व्यवस्थाअनुसार खाद्य पदार्थ उत्पादन तथा बजारमा बिक्री गर्नुअघि सम्बन्धित निकायमा अनिवार्य दर्ता गरी आवश्यक प्रयोगशाला परीक्षण तथा गुणस्तरसम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

तर सूर्य कन्फेस्नरीले आवश्यक प्रक्रिया पूरा नगरी चकलेट उत्पादन तथा बिक्री वितरण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको सुरक्षा अधिकारीहरूको दाबी छ।

उक्त उत्पादन केन्द्रबाट उत्पादित चकलेट देशका विभिन्न स्थानमा पठाउने गरिएको समेत पाइएको छ। अनुसन्धानका क्रममा नयाँ बसपार्क, कलंकी, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा चकलेट भण्डारण गर्ने गरिएको खुलेको बताइएको छ।

विदेशी ब्रान्डका चकलेटसँग मिल्दोजुल्दो आकारमा उत्पादन गरी उपभोक्तालाई झुक्याउने प्रयास गरिएको तथा विभिन्न पसलमा फरक–फरक मूल्यमा बिक्री गर्ने गरिएको समेत अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.