काठमाण्डौ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अनलाइन सेक्युरिटिज लिमिटेडले १५ लाख ४९ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ४९ हजार ४९ रुपैयाँ सहयोग गरेको जनाएको छ ।
हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले विपदमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
त्यस्तै, कम्पनीले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजी तथा उद्धारको कामना गरेको छ ।
प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।
विपद्को कठिन परिस्थितिमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको योगदानको उच्च सम्मान गर्दै कम्पनीले विपद् प्रभावितको सहयोगका लागि सबै सरोकारवालालाई हातेमालो गर्न आग्रह गरेको छ ।
यससँगै भोटेकोशी–त्रिशूली बाढीपीडितको राहत तथा उद्धारका लागि पूँजीबजारसँग सम्बन्धित विभिन्न संस्था तथा ब्रोकर कम्पनीहरूले समेत आर्थिक सहयोग गर्ने क्रम बढेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।