काठमाण्डौ । राहदानी विभागले आगामी भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
विभागले शुक्रबार सूचना जारी गर्दै ती दुई दिन राहदानीसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो।
विभागका अनुसार सेवा लिन आउने सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी तोकिएको समयमा उपस्थित भएर सेवा लिन सक्नेछन्। सेवाग्राहीलाई निर्धारित समयमै उपस्थित भई सेवा लिन विभागले आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।