आईतवार, भाद्र २१,२०८३ 08:21:41
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 08:21:41
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपीडितका लागि मानवीय सहायता उपलब्ध गराउन ७ अर्ब ५० करोड आवश्यक

भोटेकोशी बाढीपीडितका लागि मानवीय सहायता उपलब्ध गराउन ७ अर्ब ५० करोड आवश्यक
New Office

काठमाण्डौ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन नेपाललाई करिब ७ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वयसम्बन्धी निकाय(ओसिएचए)ले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार बाढी प्रभावित ६ जिल्लामा तत्कालीन मानवीय सहायता उपलब्ध गराउन ४ करोड ९६ लाख अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको हो। उक्त सहयोग जुटाउन राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिलसमेत गरेको छ।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपहिरोबाट ८४ हजार २७० जना प्रभावित भएको प्रारम्भिक अनुमान छ। ओसिएचएका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत छ जिल्लाका १७ स्थानीय तहका १९ हजार २८४ परिवार बाढीबाट प्रभावित भएका छन्। उनीहरूका लागि आगामी चार महिनासम्म आपत्कालीन राहत तथा आधारभूत मानवीय सहायता व्यवस्थापन गर्न उक्त रकम आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।

बाढीका कारण घर, सडक, बजार, जलविद्युत् आयोजना, खानेपानी तथा सञ्चार संरचनामा ठूलो क्षति पुगेको छ। यद्यपि ओसिएचएको उक्त आकलनमा भौतिक संरचनाको पुनर्निर्माणका लागि लाग्ने खर्च समावेश गरिएको छैन।

प्रतिवेदनमा भौतिक संरचनामा भएको क्षति तथा पुनर्निर्माणको लागत यकिन गर्न विस्तृत अध्ययन आवश्यक रहेको उल्लेख गर्दै हालको प्राथमिकता बाढी प्रभावित नागरिकको जीवनरक्षा र तत्कालीन मानवीय आवश्यकता पूरा गर्नु रहेको जनाइएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

प्रारम्भिक आकलनअनुसार तत्काल आवश्यक पर्ने सहयोगमध्ये ठूलो हिस्सा स्वास्थ्य सेवा, अस्थायी आवास, स्वच्छ खानेपानी, पोषण तथा सुरक्षा क्षेत्रमा खर्च गर्नुपर्ने देखिएको छ।

बाढीका कारण खानेपानीका ५० वटा प्रणाली आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, करिब १० हजार परिवारलाई सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोग आवश्यक पर्ने अनुमान गरिएको छ।

बाढीले कृषि क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक ‘रिमोट सेन्सिङ’ विश्लेषणअनुसार करिब १ हजार ८०६ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको छ।

क्षतिग्रस्त जमिनमध्ये १ हजार ६६९ हेक्टर धान खेती हुने र १३७ हेक्टर तरकारी खेती हुने जमिन रहेको छ। यसबाट कृषि उत्पादनमा करिब ७ हजार ६८६ मेट्रिक टन क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

त्यसैगरी बाढीमा ४ हजार ७५० भन्दा बढी पशु तथा ५४ हजार कुखुरा मरेका छन् भने करिब एक सय माछापोखरीमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

बाढीपहिरोका कारण वेत्रावती–रसुवागढी सडकखण्डको करिब ४२ किलोमिटर क्षेत्रमा क्षति पुगेको छ। बाढीपछि विभिन्न क्षेत्रमा करिब २२ लाख मेट्रिक टन गेग्य्रान थुप्रिएको प्रारम्भिक अनुमान गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.