सोमबार, भाद्र २२,२०८३ 01:06:45
Bizshala
  • सोमबार, भाद्र २२,२०८३ 01:06:45
Bizshala
Global IME Bank Limited

‘हाम्रा मान्छे कहाँ छन् ?’ त्रिशूली–३ बीका बेपत्ताको खोजी माग्दै माइतीघरमा परिवारको प्रदर्शन

लामो समयसम्म अवस्था अज्ञात रहेपछि पीडित परिवार आक्रोशित, खोजी तीव्र बनाउन सरकारलाई दबाब

‘हाम्रा मान्छे कहाँ छन् ?’ त्रिशूली–३ बीका बेपत्ताको खोजी माग्दै माइतीघरमा परिवारको प्रदर्शन
New Office

 

काठमाण्डौ ।  त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत रहँदा बाढीमा परी बेपत्ता भएका कर्मचारीहरूको खोजी प्रभावकारी रूपमा गर्न माग गर्दै पीडित परिवार तथा आफन्तहरू काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्।

बाढी गएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था पत्ता नलागेको भन्दै उनीहरूले सरकार र सम्बन्धित निकायप्रति आक्रोश व्यक्त गरेका हुन्।

प्रदर्शनकारीहरूले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य अपेक्षाअनुसार अघि नबढेको आरोप लगाउँदै खोजी अभियानलाई थप तीव्र, व्यवस्थित र परिणाममुखी बनाउन माग गरे।

‘आफन्तको खोजी कहिलेसम्म ?’, ‘हाम्रा मान्छे कहाँ छन् ?’ जस्ता प्रश्नसहित माइतीघर पुगेका परिवारजनले कम्तीमा बेपत्ता भएकाहरूको यथार्थ अवस्थाबारे राज्यले स्पष्ट जानकारी दिनुपर्ने बताएका छन्।

उनीहरूका अनुसार लामो प्रतीक्षाले परिवारको पीडा झन् गहिरिँदै गएको छ। आफ्ना आफन्त जीवित छन् वा छैनन् भन्ने कुनै ठोस जानकारी नपाउँदा परिवार मानसिक तनाव र अनिश्चिततामा बस्न बाध्य भएको उनीहरूको गुनासो छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

पीडित परिवारले खोजी कार्य सुस्त पार्न नहुने र सम्भावित सबै स्थानमा प्रविधि, दक्ष जनशक्ति तथा आवश्यक उपकरण परिचालन गरेर खोजी जारी राख्नुपर्ने माग गरेका छन्।

उनीहरूले विपद्पछि उद्धार र राहतमा राज्य सक्रिय देखिए पनि बेपत्ता व्यक्तिको खोजीमा उस्तै प्राथमिकता नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्।

बेपत्ताहरूको अवस्थाबारे आधिकारिक र नियमित सूचना सार्वजनिक गर्नुपर्ने तथा परिवारलाई खोजीको प्रगतिबारे निरन्तर जानकारी दिनुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।

माइतीघरमा भएको प्रदर्शनमा त्रिशूली–३ बी आयोजनामा बेपत्ता भएका कर्मचारीका परिवार, आफन्त तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रदर्शनकारीहरूले आफ्ना आफन्तको खोजी निष्कर्षमा नपुगेसम्म दबाबमूलक कार्यक्रम जारी राख्ने चेतावनीसमेत दिएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.