Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 04:29:23
Bizshala
Global IME Bank Limited

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन
New Office

 

काठमाण्डौ । भोटेकोसी बाढीपछि रसुवा जिल्लाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन रहेको तथ्यांक सार्वजनिक भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म कुल ५ हजार ३२६ जना सम्पर्कविहीन छन्। त्यसमध्ये आधाभन्दा बढी अर्थात् २ हजार ८६० जना रसुवाबाट मात्रै सम्पर्कविहीन भएका हुन्।

रसुवाबाट सम्पर्कविहीन हुनेमा १ हजार ३९३ जना स्थानीय बासिन्दा रहेका छन् भने अन्य जिल्लाबाट रसुवामा पुगेका १ हजार २८६ जना पनि सम्पर्कमा आएका छैनन्।

त्यस्तै, रसुवामा कार्यरत ७३ सरकारी कर्मचारी, ४५ नेपाली सेना, २५ नेपाल प्रहरी, १२ सशस्त्र प्रहरी र बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारीसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नुवाकोट जिल्लाबाट पनि १ हजार ९८१ जना सम्पर्कविहीन रहेको जनाइएको छ। यसैगरी बाढीमा परेर ५८७ विदेशी पर्यटकसमेत सम्पर्कविहीन छन्।

बाढीमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ। नेपाली सुरक्षा निकायसँगै विदेशी उद्धार टोलीसमेत प्रभावित क्षेत्रमा परिचालित छन्।

प्राधिकरणका अनुसार हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ। तीमध्ये १०२ जनाको शव पहिचान गरी परिवारलाई हस्तान्तरण गरिएको छ भने बाँकी शवको पहिचान खुल्न बाँकी छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.