काठमाण्डौ । नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतका रूपमा मेगन बोल्डिन काठमाडौँ आइपुगेकी छन्।
अमेरिकी दूतावासका अनुसार बोल्डिनले आगामी केही महिना नेपालमा कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नेछिन्।
नेपालमा हालै आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकहरूको सहयोग तथा समग्र प्रतिकार्य र पुनर्लाभ प्रयासमा उनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्ने दूतावासले जनाएको छ।
बोल्डिन यसअघि ढाकास्थित अमेरिकी दूतावासमा कार्यरत थिइन्। उनी सन् २०२४ अगस्टदेखि त्यहाँ नियोग उपप्रमुखका रूपमा जिम्मेवारीमा थिइन्।
वरिष्ठ अमेरिकी परराष्ट्र सेवाकी करिअर सदस्य बोल्डिनसँग संकट व्यवस्थापन, कूटनीति र नेतृत्वको अनुभव रहेको दूतावासले जनाएको छ।
उनले यसअघि युक्रेन, इराक, बंगलादेश तथा वासिङ्टनस्थित अमेरिकी अपरेसन्स सेन्टरलगायत स्थानमा काम गरिसकेकी छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।