काठमाण्डौ। रसुवा जिल्लामा रहेको १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा एक जनाको शव फेला परेको छ।
नेपाली सेनाका अनुसार मंगलबार आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनमार्फत खोजी तथा निरीक्षण गर्ने क्रममा एउटा शव फेला परेको हो।
हालै आएको बाढीपछि आयोजनामा कार्यरत चार जना व्यक्ति सम्पर्कविहीन रहेका थिए। तीमध्ये एक जनाको शव केबल टनेलमा फेला परेको नेपाली सेनाले जनाएको छ।
बाढीका कारण आयोजनाको क्षेत्रमा समेत क्षति पुगेपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गर्दै खोजी अभियान जारी राखेका छन्।
फेला परेको शवको पहिचान तथा अन्य विवरण भने खुल्न बाँकी रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।