Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 06:17:45
Bizshala
Global IME Bank Limited

कतारका नेपाली व्यवसायीले बाढीपीडितका लागि दिए ३८.२६ लाख

कतारका नेपाली व्यवसायीले बाढीपीडितका लागि दिए ३८.२६ लाख
New Office

 

काठमाण्डौ । कतारमा रहेका नेपाली व्यवसायीहरूको संस्था नेपाली व्यवसायी संघ कतारले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३८ लाख २६ हजार ३०९ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संघका अध्यक्ष महेन्द्रप्रसाद चौम्लागाईं, उपाध्यक्ष नरेन्द्र भाट, सचिव सुनिल घिमिरे र सहकोषाध्यक्ष रामकुमार श्रेष्ठसहितको टोलीले व्यवसायीहरूबाट संकलन गरिएको रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

संघका अनुसार कुल ४२ जना व्यवसायी तथा सहयोगीबाट उक्त रकम संकलन गरिएको हो। संकलित रकममध्ये सफारी मलले सबैभन्दा बढी १० लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

संघका अध्यक्ष चौम्लागाईंले विपत्तिको समयमा पीडित नागरिकलाई सहयोग गर्नु व्यवसायीहरूको सामाजिक दायित्वसमेत भएको बताए।

उनले विदेशमा रहेका नेपाली व्यवसायीहरूले आफ्नो व्यवसायसँगै मातृभूमिप्रतिको जिम्मेवारीलाई पनि प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने बताए।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.