आईतवार, कार्तिक ८,२०८३ 12:20:41
  • आईतवार, कार्तिक ८,२०८३ 12:20:41
Global IME Bank Limited

सुक्खा पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध, दर्जनौँ सवारीसाधन अलपत्र

Bizshala
सुक्खा पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध, दर्जनौँ सवारीसाधन अलपत्र
New Office

काठमाण्डौ । सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा गएराति माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गएराति ९ः१० बजे खसेको पहिरोका कारण राजमार्गमा आवागमन ठप्प हुँदा चार दर्जनभन्दा बढी सवारीसाधन अलपत्र परेका छन्।

सडक अवरुद्ध भएपछि आज बिहान ६ बजेदेखि प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरी पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसअघि कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिरोका कारण भदौ २० गतेदेखि अवरुद्ध सडक मङ्गलबार दिउँसो २ः४५ बजेदेखि सञ्चालनमा आएको थियो।

ती स्थानमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको केही समयमै दैलेखको भम्लु खोलामा पुनः पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो।

राजमार्ग अवरुद्ध हुँदा हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाण्डौतर्फ यात्रा गरिरहेका यात्रु तथा स्याउ व्यापारीहरू बढी प्रभावित भएका छन्। सडक अवरुद्ध भएपछि यात्रु तथा व्यापारीहरूले लामो समयदेखि सास्ती खेप्नुपरेको जनाइएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.