काठमाण्डौ । महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खस्दा करिब १५ मिटर अग्लो ड्याम बनेर कृत्रिम ताल बनेको छ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार खोलाको माथिल्लो भागबाट पहिरो खस्दा खोलाको बहाव अवरुद्ध भई करिब १५ मिटर अग्लो प्राकृतिक बाँध बनेको हो। पहिरो खस्ने क्रम अझै जारी रहेकाले जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ।
प्रशासन कार्यालयले हुङ्गा (हुङ्कु) खोला, दूधकोशी नदीका तटीय क्षेत्र तथा आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
पहिरोका कारण बनेको ड्याम थप कमजोर भएमा खोलामा जम्मा भएको पानी एक्कासि बग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।