Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 03:21:43
Bizshala
Global IME Bank Limited

नवनियुक्त उद्योगमन्त्रीले ग्यास आपूर्तिका विषयमा उद्योगीहरूसँग छलफल गर्ने

नवनियुक्त उद्योगमन्त्रीले ग्यास आपूर्तिका विषयमा उद्योगीहरूसँग छलफल गर्ने
New Office

काठमाण्डौ । बजारमा एलपी ग्यासको सहज आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्ने भएका छन्।

मन्त्री साहले आज साँझ ५ बजे ग्यासको आपूर्ति तथा वितरण प्रणालीमा देखिएका समस्या समाधान गर्ने विषयमा उद्योगीहरूलाई छलफलका लागि बोलाएका हुन्। पछिल्लो समय ग्यासका लागि उपभोक्ताले लामो समय लाइनमा बस्नुपरेको र कतिपय स्थानमा कालोबजारी बढेको गुनासो आएपछि मन्त्रालयले यस विषयलाई प्राथमिकतामा राखेको हो।

बैठकमा बजारमा देखिएको ग्यास अभावको अवस्था, आपूर्ति व्यवस्थापन, वितरण प्रणालीमा रहेका कमजोरी तथा उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउने विषयमा छलफल हुने बताइएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको वर्तमान समस्याबारे उद्योगीहरूले मन्त्रीसमक्ष आफ्नो धारणा राख्ने बताए।

‘बजारमा देखिएको ग्यासको समस्याका विषयमा छलफल गर्न मन्त्रीज्यूले आज साँझ ५ बजे हामीलाई बोलाउनुभएको छ। बैठकमा ग्यासको सहज वितरण र देखिएका समस्याबारे गम्भीर रूपमा कुरा राख्छौँ,’ चन्दले भने।

उनका अनुसार बजारमा ग्यासको अवस्था बुझ्न सुरक्षा निकाय र वाणिज्य विभागको संयुक्त टोलीले अनुगमन गरिरहेको छ। यद्यपि, अनुगमनसँगै वितरण प्रणालीमा रहेका व्यावहारिक समस्या पहिचान गरी सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

ग्यासको आपूर्ति नियमित भए पनि वितरण प्रणालीमा देखिने अवरोध, बजार व्यवस्थापन र अनुगमन प्रभावकारी हुन नसक्दा उपभोक्ताले समस्या भोग्नुपरेको उद्योगीहरूको धारणा छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.