बुधबार, कार्तिक ११,२०८३ 09:08:44
  • बुधबार, कार्तिक ११,२०८३ 09:08:44
Global IME Bank Limited

रसुवागढी नाका बन्द भएपछि कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व

Bizshala
रसुवागढी नाका बन्द भएपछि कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
New Office

काठमाण्डौ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाकाबाट चिनियाँ मालवस्तुको आयात बढेको छ। आयात बढेसँगै मुस्ताङको लोमान्थाङ–४, न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमै १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तुको ठूलो हिस्सा कोरलानाकातर्फ आएको हो। त्यसका कारण पछिल्लो समय कोरलानाकाबाट हुने आयात उल्लेख्य रूपमा बढेको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भदौ २२ गतेपछि कोरलानाकाबाट दैनिक औसतमा करिब ३० करोड रुपैयाँ राजस्व संकलन भइरहेको जनाइएको छ ।

भन्सार कार्यालयका अनुसार शुक्रबार मात्रै ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको छ।

रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको चुडालले बताए।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.