आईतवार, भाद्र २८,२०८३ 09:52:47
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 09:52:47
Bizshala
Global IME Bank Limited

प्रशासन कार्यालयबाट ग्यास बाँड्न बन्द, अब डिलरकै भर

प्रशासन कार्यालयबाट ग्यास बाँड्न बन्द, अब डिलरकै भर
New Office

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंको परिसरबाट हुँदै आएको खाना पकाउने एलपी ग्यासको प्रत्यक्ष बिक्री–वितरण सोमबारदेखि बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म कार्यालय परिसरबाट ग्यास बिक्री–वितरण नहुने जनाएको हो। यद्यपि सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत हुने बिक्री–वितरण भने नियमित रूपमा जारी रहने प्रशासनले स्पष्ट पारेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नेपाल आयल निगमसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पछिल्ला तीन दिनदेखि आफ्नो परिसरबाट सर्वसाधारणलाई सोझै ग्यास उपलब्ध गराउँदै आएको थियो। बजारमा ग्यास नपाएर समस्या भोगिरहेका विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिलालगायतलाई प्राथमिकतामा राखेर ग्यास वितरण गरिएको प्रशासनले जनाएको छ।

बजारमा ग्यास अभाव चर्किएपछि डिलर तथा खुद्रा विक्रेताको नियमित सञ्जालबाट सहज आपूर्ति हुन नसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालय आफैँले परिसरबाट ग्यास वितरण गर्ने व्यवस्था मिलाएको थियो। यसबाट विशेष अवस्थाका उपभोक्तालाई तत्काल राहत पुगे पनि अब भने वितरणको जिम्मेवारी पुनः नियमित विक्रेता सञ्जालमै फर्काइएको छ।

प्रशासनका अनुसार सोमबारदेखि कार्यालयको नियमित सेवा सञ्चालन गर्नुपर्ने, राहतसम्बन्धी कामलाई निरन्तरता दिनुपर्ने तथा फिल्डमा परिचालित कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भएकाले परिसरबाट हुँदै आएको ग्यास वितरण स्थगित गर्नुपरेको हो।

प्रशासकीय अधिकृत तारानाथ फुयालले जारी गरेको सूचनामा उपभोक्ताले सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेताबाट ग्यास खरिद गर्न सक्ने उल्लेख छ। प्रशासनले ती माध्यमबाट ग्यासको बिक्री–वितरण सुचारु रहनेसमेत स्पष्ट पारेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.