काठमाण्डौ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।
प्रधानमन्त्री बालेन शाहसँगको छलफलमा सहभागी भएर सिंहदरबारबाट बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबारको गेटबाटै नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अध्यक्ष तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।
प्रधानमन्त्री शाहले सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए। सोही छलफलमा सहभागी हुन अध्यक्ष तामाङ पनि सिंहदरबार पुगेका थिए।
छलफल सकिएपछि बाहिरिने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ‘उनलाई पक्राउ गरेर दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।