सोमबार, भाद्र २९,२०८३ 06:47:40
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 06:47:40
Bizshala
Global IME Bank Limited

रास्वपा सांसदले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने

रास्वपा सांसदले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने
New Office

काठमाण्डौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत रूपमा जनही कम्तीमा १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्।

रास्वपा संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट संसदीय दलका सदस्यहरूको तर्फबाट थप रकम राहत कोषमा जम्मा गर्ने प्रस्ताव अघि बढाइएको हो।

संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार प्रत्येक सदस्यबाट न्यूनतम १५ हजार रुपैयाँका दरले रकम जम्मा गर्दा करिब २७ लाख १५ हजार रुपैयाँ राहत कोषमा योगदान हुने अनुमान गरिएको छ। सदस्यहरूले १५ हजार रुपैयाँभन्दा बढी रकमसमेत स्वेच्छाले योगदान गर्न सक्ने जनाइएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यसअघि नै रास्वपाले पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको थियो। उक्त योगदानमा पार्टीका सांसद तथा सदस्यहरूले पार्टीलाई बुझाउने मासिक लेवीसमेत समावेश रहेको रास्वपाले जनाएको छ।

त्यसबाहेक संसदीय दलका सदस्यहरूले व्यक्तिगत रूपमा समेत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने स्वघोषणा गरेका थिए। सोहीअनुसार अब संसदीय दलका सदस्यबाट थप रकम संकलन गरी कोषमा जम्मा गर्न लागिएको मुख्य सचेतक बुर्लाकोटीले जानकारी दिएका छन्।

रास्वपाले विपद् तथा राहतका लागि सरकारको कोषमा थप सहयोग पुर्‍याउने उद्देश्यले सांसदहरूबाट रकम संकलन गर्न लागेको जनाएको छ।

मुख्य सचेतक बुर्लाकोटीले संसदीय दलका सदस्यहरूबाट संकलन हुने रकम करिब २७ लाख १५ हजार रुपैयाँ पुग्ने जानकारी दिँदै सोहीअनुसार कार्यान्वयन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.