काठमाण्डौ । हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले Delhi Mahal Group, Sitaram Gokul Milks Pvt. Ltd., Arya International Pvt. Ltd. र को संयुक्त पहलमा करिब रु. ११ लाखबराबरको राहत सामग्री सहयोग गरिएको छ।
करिब ४०० प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री काठमाण्डौको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट नुवाकोटतर्फ पठाइएको हो। उक्त राहत सामग्री नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ (पिपलटार), विदुर नगरपालिका वडा नं. १, त्रिशूली बजार र त्यस क्षेत्रमा रहेका बेत्रावती तथा रसुवाका बाढी-पहिरो प्रभावित नागरिकहरूलाई वितरण गरिनेछ।
विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउँदै उनीहरुको दैनिकी सहज बनाउन यस सहयोगले योगदान पुर्याउने विश्वास लिइएको छ।
राहत सामग्री प्रस्थान कार्यक्रममा Delhi Mahal Group, Sitaram Gokul Milks Pvt. Ltd., Arya International Pvt. Ltd. तथा Puja Surti Udhyog का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।