शुक्रबार, आश्विन २३,२०८३ 11:58:55
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 11:58:55
Bizshala
Global IME Bank Limited

फुड एम्पायर सिंगापुरद्वारा बाढीपीडितलाई २० हजार अमेरिकी डलर सहयोग

नेपाल चेम्बरमार्फत राहत वितरण सुरु, पहिलो चरणमा माथिल्लो त्रिशूली क्षेत्रमा खाद्यान्न, लत्ताकपडा र स्यानिटरी प्याड वितरण

Bizshala
फुड एम्पायर सिंगापुरद्वारा बाढीपीडितलाई २० हजार अमेरिकी डलर सहयोग
New Office

 

काठमाण्डौ । विश्वप्रसिद्ध म्याककफी ब्रान्ड उत्पादक कम्पनी फुड एम्पायर होल्डिङ्स लिमिटेड, सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको राहत सहयोग उपलब्ध गराएको छ।

कम्पनीले नेपाल चेम्बर अफ कमर्समार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पुर्‍याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको हो।

हालैको बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन फुड एम्पायर होल्डिङ्सले सहयोग गरेको जनाइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य तथा आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजुल श्रेष्ठका अनुसार फुड एम्पायर होल्डिङ्सले आर्क्स ग्रुपसँगको समन्वयमा नेपाल चेम्बरमार्फत राहत सहयोग उपलब्ध गराएको हो।

उनका अनुसार प्राप्त सहयोगलाई बाढीपीडित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीका रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ।

“फुड एम्पायर होल्डिङ्सको चाहनाअनुसार बाढीबाट प्रभावित नागरिकलाई आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर पहिलो चरणमा माथिल्लो त्रिशूली क्षेत्रमा खाद्यान्न, लत्ताकपडा र स्यानिटरी प्याडलगायत राहत सामग्री वितरण गरिएको छ,” श्रेष्ठले बताए।

पहिलो चरणमा करिब ३ लाख रुपैयाँ बराबरका राहत सामग्री वितरण गरिएको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रबाट प्राप्त माग र आवश्यकताका आधारमा थप करिब २७ लाख रुपैयाँ बराबरका अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइने श्रेष्ठले जानकारी दिए।

फुड एम्पायर होल्डिङ्सको सहयोगबाट उपलब्ध रकमलाई चरणबद्ध रूपमा बाढीपीडितको तत्काल आवश्यकता सम्बोधन हुने गरी परिचालन गरिने चेम्बरले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.