काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मिनबहादुर बोहरा नियुक्त भएका छन्। संस्थाको भदौ ३० गते बसेको सञ्चालक समितिको ४०५औँ बैठकले बोहरालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
संस्थाका अनुसार बोहराको नियुक्ति असोज १ गतेदेखि लागू हुनेछ।
सञ्चालक समितिको निर्णयअनुसार बोहराले अब संस्थाको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।