आईतवार, आश्विन २५,२०८३ 10:04:38
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 10:04:38
Bizshala
Global IME Bank Limited

भदौमा करदाता प्रोत्साहन उपहारका ३३ विजेता घोषणा, १० लाख क–कसले जिते ?

Bizshala
भदौमा करदाता प्रोत्साहन उपहारका ३३ विजेता घोषणा, १० लाख क–कसले जिते ?
New Office

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको सम्पूर्ण नतिजा सार्वजनिक गरेको छ ।  

आन्तरिक राजस्व विभागका अनुसार लाजिम्पाटस्थित विभागको सभाहलमा आयोजना भएको कार्यक्रममा भदौ महिनाका विजेताहरूको नाम घोषणा गरिएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

विभागका अनुसार भदौ महिनाका कुल ३३ जना विजेता घोषणा गरिएको छ । तीमध्ये ३१ जनाले जनही १ लाख रुपैयाँ र २ जनाले जनही १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गरेका छन् । यसअनुसार भदौ महिनामा मात्रै नियमित र बम्पर गरी कुल ५१ लाख रुपैयाँ बराबरको उपहार वितरण भएको छ ।

कार्यक्रमअन्तर्गत भदौ १ देखि १५ गतेसम्मका प्रत्येक दिनका लागि एक–एक जना गरी १५ जना र भदौ १६ देखि ३१ गतेसम्मका लागि १६ जना गरी ३१ जनालाई दैनिक उपहार प्रदान गरिएको छ ।  

त्यसैगरी दुवै अवधिका लागि एक–एक जना गरी दुई जनालाई बम्पर उपहार प्रदान गरिएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

१०–१० लाखको बम्पर कसले पाए ?

भदौ महिनाको दुई पाक्षिक अवधिका लागि घोषणा हुने बम्पर उपहारतर्फ सुनिता फेन्सी स्टोरबाट सामान खरिद गर्ने उपभाक्ताले  १० लाख रुपैयाँको पुरस्कार जितेको जनाइएको छ । उक्त ग्राहकले ७ हजार रुपैयाँको कारोबारमा जारी भएको बिलका आधारमा बम्पर उपहार प्राप्त गरेको हो ।

त्यस्तै, अर्को बम्पर उपहार कट्यानी पोलिक्लिनिकमा २०० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले प्राप्त गरेका छन् । उक्त विजेता भदौ १६ गतेदेखि असोज १ गतेसम्मको अवधिका लागि छनोट भएका हुन् ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८३/८४ देखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ कार्यान्वयनमा ल्याएको छ । विभागको वेबसाइटमा उक्त कार्यविधि ६ साउन २०८३ मा प्रकाशित गरिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

1 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...
A

A***

Prime minister राहत कोष मा donate गरेको पनि लखपति? अनि petrol pump मा payment गरेको पनि लखपति? यस्तो transaction पनि eligible हुन्छ र? एकचोटि बुझ्नु होला है।

22 दिन अगाडी
Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.