आईतवार, कार्तिक १५,२०८३ 09:18:16
  • आईतवार, कार्तिक १५,२०८३ 09:18:16
Global IME Bank Limited

भदौमा करदाता प्रोत्साहन उपहारका ३३ विजेता घोषणा, १० लाख क–कसले जिते ?

Bizshala
भदौमा करदाता प्रोत्साहन उपहारका ३३ विजेता घोषणा, १० लाख क–कसले जिते ?
New Office

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको सम्पूर्ण नतिजा सार्वजनिक गरेको छ ।  

आन्तरिक राजस्व विभागका अनुसार लाजिम्पाटस्थित विभागको सभाहलमा आयोजना भएको कार्यक्रममा भदौ महिनाका विजेताहरूको नाम घोषणा गरिएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विभागका अनुसार भदौ महिनाका कुल ३३ जना विजेता घोषणा गरिएको छ । तीमध्ये ३१ जनाले जनही १ लाख रुपैयाँ र २ जनाले जनही १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गरेका छन् । यसअनुसार भदौ महिनामा मात्रै नियमित र बम्पर गरी कुल ५१ लाख रुपैयाँ बराबरको उपहार वितरण भएको छ ।

कार्यक्रमअन्तर्गत भदौ १ देखि १५ गतेसम्मका प्रत्येक दिनका लागि एक–एक जना गरी १५ जना र भदौ १६ देखि ३१ गतेसम्मका लागि १६ जना गरी ३१ जनालाई दैनिक उपहार प्रदान गरिएको छ ।  

त्यसैगरी दुवै अवधिका लागि एक–एक जना गरी दुई जनालाई बम्पर उपहार प्रदान गरिएको छ ।  

Garima Development Bank
Bizshala
IME remit

१०–१० लाखको बम्पर कसले पाए ?

भदौ महिनाको दुई पाक्षिक अवधिका लागि घोषणा हुने बम्पर उपहारतर्फ सुनिता फेन्सी स्टोरबाट सामान खरिद गर्ने उपभाक्ताले  १० लाख रुपैयाँको पुरस्कार जितेको जनाइएको छ । उक्त ग्राहकले ७ हजार रुपैयाँको कारोबारमा जारी भएको बिलका आधारमा बम्पर उपहार प्राप्त गरेको हो ।

त्यस्तै, अर्को बम्पर उपहार कट्यानी पोलिक्लिनिकमा २०० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले प्राप्त गरेका छन् । उक्त विजेता भदौ १६ गतेदेखि असोज १ गतेसम्मको अवधिका लागि छनोट भएका हुन् ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८३/८४ देखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ कार्यान्वयनमा ल्याएको छ । विभागको वेबसाइटमा उक्त कार्यविधि ६ साउन २०८३ मा प्रकाशित गरिएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

1 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...
A

A***

Prime minister राहत कोष मा donate गरेको पनि लखपति? अनि petrol pump मा payment गरेको पनि लखपति? यस्तो transaction पनि eligible हुन्छ र? एकचोटि बुझ्नु होला है।

1 महिना अगाडी
Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.