काठमाण्डौ । अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुषाल र पर्साको वीरगञ्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महत्तो रहेका छन्।
प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।