आईतवार, आश्विन २५,२०८३ 10:03:51
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 10:03:51
Bizshala
Global IME Bank Limited

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

Bizshala
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
New Office

काठमाण्डौ । जापानिज इन्सेफलाइटिसको संक्रमण र यसबाट हुने मृत्यु बढ्दै गएपछि कैलालीका तीन स्थानीय तहमा आजदेखि विशेष खोप अभियान सुरु भएको छ।

अभियानअन्तर्गत धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकाका ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप दिइँदैछ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म देशभर १२१ जनामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ८५ प्रतिशतले यसविरुद्धको खोप नलगाएको पाइएको छ। यही अवधिमा संक्रमणका कारण २६ जनाको मृत्यु भएको र मृत्यु भएका सबैले खोप नलगाएको मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका रहेका छन्। संक्रमणको अवस्था र खोप नलगाएका व्यक्तिमा जोखिम बढी देखिएपछि जोखिमयुक्त क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। धानखेत, पानी जम्ने स्थान तथा सुँगुर र हाँस पालिने क्षेत्र आसपास यसको जोखिम बढी हुन सक्छ। संक्रमण गम्भीर भएमा मस्तिष्कमा असर परी मृत्यु वा दीर्घकालीन स्नायुसम्बन्धी समस्या निम्तिन सक्छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

मन्त्रालयले अभियानअन्तर्गत लक्षित समूहमा पर्ने सबैलाई तोकिएका खोप केन्द्र वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन आग्रह गरेको छ।

खोपसँगै लामखुट्टेको टोकाइबाट बच्न झुलभित्र सुत्ने, हातखुट्टा ढाकिने कपडा लगाउने, झ्याल–ढोकामा जाली राख्ने, उपयुक्त रिपेलेन्ट प्रयोग गर्ने तथा घरवरिपरि पानी जम्न नदिने उपाय अपनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

जापानिज इन्सेफलाइटिस संक्रमण हुँदा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने तथा बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा उच्च ज्वरो, चेतनामा परिवर्तन, झट्का आउने, मुर्छा पर्ने वा बेहोस हुने समस्या देखिन सक्छ। यस्ता लक्षण देखिएमा घरमै उपचार गरेर समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुग्न मन्त्रालयले आग्रह गरेको छ।

नेपालको नियमित खोप कार्यक्रममा १२ महिनाको उमेरमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोपको एक मात्रा दिइन्छ। नियमित खोपबाट छुटेका बालबालिकाले पाँच वर्षको उमेरसम्म यो खोप लगाउन सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.