सोमबार, आश्विन २६,२०८३ 01:20:13
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 01:20:13
Bizshala
Global IME Bank Limited

सरकारलाई एन्फाको अल्टिमेटम : निलम्बन नफुके सोमबारदेखि गतिविधि सुरु गर्ने

Bizshala
सरकारलाई एन्फाको अल्टिमेटम : निलम्बन नफुके सोमबारदेखि गतिविधि सुरु गर्ने
New Office

 

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरकारले फिफाको निलम्बन फुकुवाका लागि तत्काल ठोस पहल नगरे सोमबारदेखि आफ्ना नियमित गतिविधि सुरु गर्ने चेतावनी दिएको छ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले पत्रकार सम्मेलनमार्फत सरकारलाई छिटो निर्णय लिन आग्रह गर्दै अब लामो समय गतिविधि रोकिराख्न नसकिने बताएका हुन्।

उनका अनुसार सरकारले निलम्बन फुकुवाका लागि सकारात्मक पहल गरे एन्फाले पूर्ण सहयोग गर्नेछ। तर कुनै प्रगति नभए फिफाको निर्देशन र नियमअनुसार दैनिक फुटबल गतिविधि अघि बढाइनेछ।

तुलाधरले भोलिसम्म सकारात्मक निर्णय आए नेपालले साफ प्रतियोगितामा सहभागिता जनाउने सम्भावनासमेत रहने बताएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

एकेडेमीका बाल खेलाडी समस्यामा

एन्फाले लामो समय गतिविधि ठप्प हुँदा एकेडेमीमा रहेका बाल खेलाडीको पढाइ, आवास र खानासम्म प्रभावित भएको जनाएको छ।

तुलाधरका अनुसार खेलाडीलाई अनिश्चित समयसम्म प्रशिक्षण र प्रतियोगिताबाट बाहिर राख्दा उनीहरूको भविष्यसमेत जोखिममा परेको छ।

उनले एकेडेमीका बच्चाहरूको खाना र पढाइसमेत समस्यामा परेको भन्दै अब दैनिक गतिविधि सञ्चालन गर्नु बाध्यता बन्दै गएको बताए।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

फिफा निलम्बनपछि अन्तर्राष्ट्रिय फुटबल ठप्प

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असारमा एन्फालाई निलम्बन गरेको थियो।

त्यसपछि नेपाली फुटबल अन्तर्राष्ट्रिय प्रतियोगिता तथा फिफासँग सम्बन्धित गतिविधिबाट बाहिरिएको छ।

एन्फाले सरकारबाट निलम्बन फुकुवाका लागि ठोस पहल हुने अपेक्षा राखे पनि त्यसमा ढिलाइ भइरहेको जनाएको छ।

अब सरकारबाट तत्काल स्पष्ट कदम नआए सोमबारदेखि एन्फाले आफ्ना नियमित फुटबल गतिविधि पुनः सुरु गर्ने बताएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.