बिहीबार, आश्विन १,२०८३ 07:26:34
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 07:26:34
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण
New Office

 

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ।

बैंकको दमक शाखामार्फत दमक नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मोनिटर र सक्सन मेसिन प्रदान गरिएको हो। बैंकका अनुसार ती उपकरण विशेषगरी सर्पदंश तथा अन्य आकस्मिक अवस्थाका बिरामीको उपचारमा उपयोगी हुनेछन्।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीकी सभापति गोमा देवी प्रसाईं बुढाथोकीलाई उपकरण हस्तान्तरण गरेका हुन्।

Shivam Cement
Bizshala
CG Motors

कार्यक्रममा सभापति बुढाथोकीले बैंकको सहयोगप्रति धन्यवाद दिँदै कार्डियो मोनिटरले गम्भीर अवस्थाका बिरामीको स्वास्थ्य अवस्था निगरानी गर्न र सक्सन मेसिनले श्वासप्रश्वाससम्बन्धी आकस्मिक अवस्थामा सहयोग पुर्‍याउने बताइन्।

बैंकका कोशी प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीय तहमा उपलब्ध स्वास्थ्य स्रोतलाई थप प्रभावकारी बनाउन सहयोग गरिएको बताए।

कामना सेवा विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.