शुक्रबार, आश्विन २,२०८३ 10:12:07
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 10:12:07
Bizshala
Global IME Bank Limited

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्लेको व्यस्त कार्यतालिका, जयशङ्करसँग साँझ भेटवार्ता

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्लेको व्यस्त कार्यतालिका, जयशङ्करसँग साँझ भेटवार्ता
New Office

काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शुक्रबार महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटवार्तामा सहभागी हुँदैछन्।

भ्रमणको दोस्रो दिन उनले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साँझ ५ बजे तय भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय आर्थिक सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल हुने बताइएको छ।

Shivam Cement
Bizshala
CG Motors

अर्थमन्त्री वाग्ले शुक्रबार बिहान ९ बजे भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने संवादमा उनले नेपालको वर्तमान आर्थिक अवस्था, विकासका प्राथमिकता र नेपाल–भारत सहकार्यका सम्भावनाबारे विचार राख्ने कार्यक्रम छ।

त्यसैगरी, वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने बृहत् भेटघाटमा पनि सहभागी हुनेछन्। भारत मण्डपममा हुने कार्यक्रममा दुई देशबीचको व्यापार, लगानी, पूर्वाधार विकास तथा आर्थिक साझेदारीका विभिन्न आयाममा उच्चस्तरीय छलफल हुने जनाइएको छ।

अर्थमन्त्री वाग्ले बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गरेका थिए। भ्रमणको पहिलो दिन नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

Muktinath Bikas Bank Limited

अर्थमन्त्रीको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।

भ्रमणको तेस्रो दिन शनिबार भारतीय निजी क्षेत्रका प्रतिनिधि तथा अन्य उच्च अधिकारीसँग भेटघाट गरेपछि अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल नेपाल फर्किने कार्यक्रम छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.