शुक्रबार, आश्विन २३,२०८३ 12:54:14
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 12:54:14
Bizshala
Global IME Bank Limited

एक वर्षमा लगानीकर्ताको १ खर्ब ८ अर्ब सम्पत्ति गायब, नेप्से ५.१८% ले घट्यो

Bizshala
एक वर्षमा लगानीकर्ताको १ खर्ब ८ अर्ब सम्पत्ति गायब, नेप्से ५.१८% ले घट्यो
New Office

काठमाण्डौ । नेपालको सेयर बजार एक वर्षको अवधिमा ५.१८ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तमा नेप्से परिसूचक २६४३.८४ विन्दुमा कायम भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा नेप्से परिसूचक २७८८.३७ विन्दुमा रहेको थियो। यस आधारमा एक वर्षमा नेप्से १४४.५३ विन्दुले अर्थात् ५.१८ प्रतिशतले घटेको हो।

नेप्से परिसूचकसँगै धितोपत्र बजार पूँजीकरण पनि घटेको छ। गत वर्ष साउन मसान्तमा ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको बजार पूँजीकरण चालु आर्थिक वर्षको साउन मसान्तमा घटेर ४५ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ।

यसरी एक वर्षको अवधिमा बजार पूँजीकरण करिब १ खर्ब ८ अर्ब ५२ करोड रुपैयाँले घटेको छ। प्रतिशतका आधारमा बजार पूँजीकरण २.३३ प्रतिशतले खुम्चिएको देखिन्छ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सेयर बजार पूँजीकरणको अनुपातसमेत घटेको छ। २०८२ साउन मसान्तमा बजार पूँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७५.१० प्रतिशत रहेकोमा २०८३ साउन मसान्तमा घटेर ६८.९० प्रतिशतमा झरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बजार सूचक र पूँजीकरण घटे पनि नेप्सेमा सूचीकृत कम्पनीको संख्या भने उल्लेख्य बढेको छ। २०८३ साउन मसान्तसम्म नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या ३०५ पुगेको छ। अघिल्लो वर्षको साउनमा यस्तो संख्या २७४ थियो। एक वर्षमै ३१ वटा नयाँ कम्पनी थपिएका हुन्।

कुल सूचीकृत कम्पनीमध्ये १३३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्। त्यस्तै १११ जलविद्युत कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी सूचीकृत छन्।

बजार पूँजीकरणमा अझै पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको दबदबा देखिन्छ। कुल बजार पूँजीकरणमा यी संस्थाको हिस्सा ५०.९ प्रतिशत रहेको छ।

जलविद्युत कम्पनीको हिस्सा १८.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.५ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, व्यापारिक संस्थाको ४ प्रतिशत र होटल समूहको ३.२ प्रतिशत रहेको छ। अन्य समूहका कम्पनीको हिस्सा ८.३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

सूचीकृत कम्पनीको संख्या बढ्दै गए पनि एक वर्षको अवधिमा नेप्से सूचक र समग्र बजार पूँजीकरण दुवै घट्नुले बजार विस्तार र लगानीकर्ताको सम्पत्ति मूल्यबीच फरक तस्वीर देखाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.